वि.सं.२०८३ जेठ १७ आइतवार

मधेश प्रदेशमा बुधवार कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा

khanepani

जनकपुरधाम । मधेश प्रदेश सरकारले कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

कविर दास जयन्ती यसवर्ष जेष्ठ २८ गते बुधवार परेको छ। सोदिन सार्वजनिक बिदा दिएको सूचना गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयका गणेश नायक उप-सचिवले जारी गर्दै २०८२ सालमा दिइने थप विदामा कविर दास जयन्ती पनि परेको र सो अवसरमा जेष्ठ २८ गते बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा जानकारी गराएका हुन् ।

ranechhap