काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख दलका सचेतक र मुख्य सचेतकसँग आज पनि छलफल गरिरहेका छन् ।
अहिले सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सचेतक÷मुख्य सचेतकसँग छलफल गरिरहेका हुन् ।
गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका छन् ।
जेठ १५ गते बजेट ल्याउने दिन संसदको अवरोध खुलाए पनि त्यसयता लगातार संसद अवरोध भइरहेको छ ।
संसद अवरोध हुँदा बजेटमाथिको छलफल लगायत अत्यावश्यक विधेयकहरू अगाडि बढाउन समस्या भइरहेको छ ।
सभामुख देवराज घिमिरेले निरन्तर छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन । आज दिउँसो १ बजेका लागि बैठक आह्वान भएको छ । त्यसअघि सहमति जुटाउने प्रयास स्वरूप सभामुख छलफल डाँकेका हुन् ।






































