वि.सं.२०८३ असार १८ बिहीवार

मदन भण्डारी फाउन्डेसन कैलालीको अधिवेशन आज, लेखराज भट्टले उद्घाटन गर्ने

khanepani

कैलाली । नेकपा एमाले निकट मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो जिल्ला अधिवेशन आज धनगढीमा हुने भएको छ।

मदन भण्डारीका विचारहरूलाई जनताको कार्यक्रम बनाएर लैजाने र जनता समक्ष स्थापित गर्ने उद्देश्यका साथ स्थापना गरिएको मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।

कैलाली जिल्लाका १२६ वडाबाट प्रतिनिधि र १७ जना आयोजकहरूको अधिवेशनमा सहभागिता रहने आयोजक समितिका संयोजक रामचन्द्र जोशीले जानकारी दिएका छन्।

होटेल डिभोटीमा आयोजना गरिएको उक्त अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गर्ने संयोजक रामचन्द्र जोशीले जानकारी दिए ।

कार्यक्रमको विशिष्ट अतिथि स्थायी कमिटी सदस्य कर्ण थापा रहने उनले बताए । अधिवेशनले आगामी नेतृत्व चयन गर्ने छ ।

ranechhap