वि.सं.२०८३ वैशाख १८ शुक्रवार

काभ्रेमा बस दुर्घटना : कृष्णकुमारीको मृत्यु, घाइते भए बुहारी र नातिनी

khanepani

काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेकोबा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए ।

तीमध्ये ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए ।

घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ । कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ ।

ranechhap