काठमाडौं । शिक्षकका नेताहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहमति अनुसार ऐन बनाउन पहल गरिदिन आग्रह गरेका छन् ।
नेपाल शिक्षक संघको टोलीले मंगलबार सभापति देउवालाई भेटेर सहमति अनुसार ऐन जारी गर्न आग्रह गरेका हुन् ।
शिक्षक संघको टोलीसित शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि गएका थिए ।
‘शिक्षा ऐन जारी गर्न पार्टीले पनि प्रयत्न गर्नुपर्यो भनेका छौं । सभापति सकारात्मक हुनुहुन्छ । गर्छौं भन्नु भयो भएको छ,’ अध्यक्ष सुवेदीले भने ।
त्यसैगरी टोलीले कांग्रेस उपभापति पूर्णबहादुर खड्कालाई पनि भेटेर ध्यानकर्षण गराएको छ ।









































