वि.सं.२०८३ भदौ १४ आइतवार

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

khanepani

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त ५ देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयाजित छुट्टाछुट्टै समारोहमा केन्याका राजदूत मुनीयिरी पिटर, जोर्डनका राजदूत युसेफ अब्देलगनी, जिम्बाब्वेका राजदूत स्टेला एन्कोमो वाहागन, डेनमार्कका राजदूत रस्मुस आबिलगार्ड र उरुग्वेका राजदूत अल्बर्टो ए. गुआनीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । सबै गैरआवासीय राजदूत भएको बताइएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ranechhap