वि.सं.२०८३ भदौ ११ बिहीवार

नेपाली श्रमिकको समस्याबारे उपेन्द्र यादवले गरे मलेसिया दूतावासमा छलफल

khanepani

मलेसिया । मलेसिया भ्रमणमा रहेकाका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ।

राजदूत डा. तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गरेको स्वागत भोज समारोहमा दुवै पक्षबिच रोजगार र श्रमिक समस्याको विविध आयाम बारे छलफल भएको हो।

छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदरुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गरेका छन् ।

राजदूत डा. तिमल्सेनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूतावासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढङ्गले लाग्ने प्रतिबद्धता जाहेर गरे ।

उक्त स्वागत समारोहमा मलेसियन दूतावास परिवार, जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता र सेन्टर फर साउथ एसियन स्टडिज काठमाडौंका निर्देशक डा. निश्चलनाथ पाण्डे र जसपा नेपाल निकट नेपाली समाज मलेसियाको नवनिर्वाचित अध्यक्ष विनोद कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

ranechhap