वि.सं.२०८२ माघ ३ शनिवार

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आइएमएफ मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता

khanepani

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार बिहान अर्थमन्त्रालयमा उक्त भेटवार्ता भएको हो ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।