वि.सं.२०८३ वैशाख ७ सोमवार

जेलमुक्त भएको दुई दिनमै अफताब आलमलाई मस्तिष्कघात, उपचार हुँदै आईसीयूमा

khanepani

काठमाडौं । रौतहटमा जिउँदै व्यक्तिहरुलाई ईट्टाभट्टामा जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका अफताब आलम उच्च अदालतले फैसला उल्ट्याएपछि रिहा भएकै दुई दिनमै मस्तिष्कघातको शिकार भएका छन् ।

बुधबार जेलमुक्त बनेका आलमलाई मस्तिष्कघात भएर शुक्रबार बिहानै अस्पताल भर्ना गरिएको हो । पूर्वमन्त्री एवम् कांग्रेस नेता आलमलाई आज बिहान ७ बजे मस्तिष्कघात भएर माइतीघरको अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो ।

उनको आईसीयूमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ । उनीसहित उनका चार जना भाइलाई २०६४ काे पहिलाे संविधान सभा निर्वाचनमा आफ्नाे घरमा बम बनाउने क्रममा बिस्फाेट भइ घाइते भएकालाई ईट्टाभट्टामा जिउँदै जलाएकाे आराेपमा राैतहट अदालतले दाेषी ठहर गर्दै जन्मकैद ताेकेकाे थियाे ।

उक्त आदेश उच्च अदालत वीरगञ्जले बुधबार उल्ट्याइदिएर सफाइ दिएपछि उनी जेलबाट छुटेका थिए ।

ranechhap