वि.सं.२०८३ वैशाख ९ बुधवार

नेपाली बजारमा सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार आठ सय रूपैयाँ पुगेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap