वि.सं.२०८३ वैशाख १० बिहीवार

नेपाली बजारमा दुई दिनमा प्रतितोला ३१ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

यो दुई दिनमा सुनको भाउ तोलामा तीन हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap