वि.सं.२०८३ वैशाख १० बिहीवार

संसद् बैठक बस्नु अघि रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै

khanepani

काठमाडौँ । प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरूसहित प्रमुख सचेतकहरूको बैठक बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसद्को पहिलो बैठकमा आ–आफ्ना धारणा राख्ने जानकारी दिँदै उनले परिस्थिति हेरेर बाँकी निर्णय लिन विपक्षी दलहरूको बैठक बोलाइएको उनले जानकारी दिए ।

‘बजेट रोक्ने हाम्रो मनसाय होइन । संसद्को पहिलो बैठकमा हामीले आफ्नो धारणा राख्छौँ । थप विषयबारे निर्णय लिन विपक्षी दलहरूको बैठक बस्दै छ । त्यस बैठकले नै निर्णय गर्ने छ’, परियारले भने ।

प्रतिनिधिसभाको पहिलो बैठक १ः ३० बजे बोलाइएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न भएको भएको भन्दै विपक्षीले मंगलबारदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

बुधबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई बजेट पेस गर्न दिन सकारात्मक भएको निर्णय गरेको थियो । बजेट पेस गरेपछि गृहमन्त्रीको राजीनामा माग राखेर संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

ranechhap