काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरे । उनले भने, ‘यो असत्य र बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’









































