वि.सं.२०८३ वैशाख ७ सोमवार

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, ‘संसद्‌मा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाइदिन आग्रह’

khanepani

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । भिजिट भिसा प्रकरण, बिहीबार सरकारले संसद्‌मा पेस गर्ने बजेट लगायत विषयमा छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए ।

बैठककै बिचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन फोन गरेको माओवादीका सांसद लेखनाथ दाहालले जानकारी दिए ।

‘संसद्को अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन प्रधानमन्त्री केपी ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्नु भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने कुरा अध्यक्षले भन्नु भयो । यद्यपि सरकारले भोलि (बिहीबार) संसद्‌मा पेस गर्ने आर्थिक वर्ष २०८२–८३ को बजेटबारे सकारात्मक रूपमा सोच्न सकिन्छ भन्नुभएको छ’, दाहालले भने ।

भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलले निर्णय गरेको उनले बताए ।

ranechhap