वि.सं.२०८३ वैशाख ८ मंगलवार

सिन्धु विकास बैंकमा अध्यक्ष सुबेदीसमुह र पुर्वअध्यक्ष श्रेष्ठ समुहबीच टकराब, शक्ती केन्द्र हत्याउने रणनीति, बैंक धरासायी

khanepani

सिन्धुपाल्चोक । विवादित पृष्ठभूमिका व्यवसायी राजेन्द्रकुमार श्रेष्ठ समुह र बर्तमान बैंक अध्यक्ष दामोदर प्रसाद सुबेदी समुहबीचको टकरावका कारण सिन्धु विकास बैंक दिनप्रतिदिन धरासायी हुदै गएको सो बैंकका शेयरधनीहरुले बताएका छन । बैकमा लामो समयदेखि अध्यक्ष बनेका राजेन्द्र श्रेष्ठलाई एकाएक बैंकको अध्यक्षबाट हटाएपछि सो बैंकभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

जसको सानो उदाहरण १४÷१५ औं बार्षिक साधारण सभामा भएको कुटाकुट प्रकरणबाट समेत प्रष्ट हुन गएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा केन्द्रीय कार्यालयको बोर्ड सहितको भबन भएपनि सवै कारोबार र योजना काभे्रको बनेपामा रहेको कर्पोेरेट कार्यालयबाट हुदै आएको छ । सिन्धु विकास बैंकको सञ्चालक समितिका तत्कालीन अध्यक्ष श्रेष्ठ बैंकको अध्यक्ष÷सञ्चालक पदमा बहाल नरहेको भन्दै २०८१ असार १३ गते सम्पन्न सञ्चालक समितिको ४३२ औँ बैठकले निर्णय गरेपछि बैंकमा विवाद सुरु भएको हो । सुरुमा विवाद समधान गर्न निवर्तमान अध्यक्ष श्रेष्ठले श्रीमती निभा डंगोल श्रेष्ठलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको थियो । तर सो चयन लामो समय टिक्न सकेन ।

नाताले साली पर्ने निभालाई बैंकको अर्को बैठकले हटाएपछि विवाद चर्किदै गएको हो । तत्कालीन अध्यक्ष श्रेष्ठ अध्यक्ष पदमा बहाल नरहेको र उक्त दिन बसेको सञ्चालक समितिको चार सय ३२ औँ बैठकले निभा डंगोल श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन गरेको कुरा मात्र उल्लेख गरिएको थियो  । आखिर संस्थापनकालदेखि नै जालझेल गरेर सधैँजसो बैंक सञ्चालक समितिको अध्यक्ष पदमा रहेका श्रेष्ठलाई बैंकका हालिमुहाली गर्नबाट रोक्दै अध्यक्षबाट हटाएपछि उनले विभिन्न तानाबाना बुन्दै बैंकमा अधिकार जमाउने खेलमा अझै लागि रहेको आरोप समेत लागेको छ । त्यसको प्रमुख कारण तत्कालीन अध्यक्ष श्रेष्ठको कार्यकालमा बैंकभित्र भएको चरम बेथिति, अनियमितता र त्यसलाई लिएर राष्ट्र बैंकले अध्यक्षपदबाट हट्न मौखिकरूपमा दिएको निर्देशन नै प्रमुख कारण भएको बैंक निकट स्रोतले बताएको छ  । पछिल्लो समय उनको धेरैवटा बैंकसँग कारोबार समेत बिग्रिएका कारण उनी अहिले घाईते बाघ झै झौतारीलै हिडेको समेत बताइएको छ  ।

बैंकबाट सजिलै हट्ने व्यक्ति अध्यक्ष श्रेष्ठ नभएकाले उनलाई जवरजस्ती हटाएपछि बैंकमा कलह झनझन बढ्दै गएको छ  । तत्कालीन अध्यक्ष श्रेष्ठले आफू अध्यक्षपदबाट हटेपछि निभा डंगोल श्रेष्ठलाई सर्वसम्मतरूपमा अध्यक्ष बनाइएका थिए । बैंकले अध्यक्षको रूपमा राजेन्द्र हटेको र निमा डंगोल श्रेष्ठ अध्यक्ष रहेको तथ्य गत वर्षको असार १४ गते नै सार्वजनिक गरेको थियो । बैंकको आधिकारिक वेबसाइटमा भने यही गत वर्षको असार २३ गतेसम्म पनि सञ्चालक समितिमा अध्यक्ष पद खाली देखाइएको थियो भने सञ्चालकहरूमा निभा डंगोल श्रेष्ठ, दामोदरप्रसाद सुवेदी, सञ्जीव प्रधान, वसन्तकुमार कटुवाल, समिर कक्षपति र भरतकुमार कार्कीलाई देखाइएको थियो । पछि बैंकमा बढ्दै गएको विवादपछि बैंकको वेवसाईटनै नचल्ने बनाइएको थियो । भने अहिले श्रेष्ठ समुह कमजोर बन्दै गएपछि वर्तमान अध्यक्ष सुबेदीले बैंकको वेवसाइृट खुलाउन लगाएर व्यवस्थापकहरुको फोटो र नाम सहित राखिएको छ ।

तत्कालीन सिन्धु विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासले २०८० साउन ८ गते फैसला गरी आदेश जारी गरिसकेको थियो । न्यायाधीशद्वय किरणकुमार पोखरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले उक्त फैसला गरेका थिए । बैंकका तत्कालीन कम्पनी सचिव तथा प्रवक्ता समेत रहेका रविन कुमार क्षेत्रीको जाहेरीले नेपाल सरकार वादी रहेको यो मुद्दामा प्रतिवादीहरू रुक्सा श्रेष्ठ, एलिसा बस्नेत, अप्सना श्रेष्ठ, दिपक श्रेष्ठ, राजप्रकाश श्रेष्ठ, बासु श्रेष्ठ, पदमबहादुर प्रधान, निकिता श्रेष्ठ, विकेश श्रेष्ठ र संगम बस्नेतलाई प्रतिवादी बनाइएको थियो । तत्कालीन समयमा दुई करोड १९ लाख ३५ हजार आठ सय २१ रूपैयाँ ५० पैसा अपचलन भएको उक्त मुद्दामा उच्च अदालतले रुक्सा श्रेष्ठको हकमा फौजदारी कार्यविधि संहिता २०७४ बमोजिमको कारबाहीअन्तर्गत १४ लाख रूपैयाँ नगद धरौटी वा सोबराबरको जायजेथा बैंकजमानत लिई तारेखमा राखी मुद्दाको

पुर्पक्षको फैसला भएको थियो । यसरी बढ्दै गएको विवादकै कारण बैंकको १४ औं र १५ औं वार्षिक साधारण सभामा शेयरधनीबीच हातहालाहाल भयो । सभामा विवाद हुँदा एक जना शेयरधनीलाई कुटपिट समेत गरिएको थियो । सो कुटपिटमा ४ व्यक्तिले एक जना शेयरधनीलाई धकल्दै र पिटेका थिए । यसरी बैंकभित्र विवादले उग्ररुप लिदै गएपछि र आप्mनो पक्षमा अल्पमत शेयर सदस्यदेखि कर्मचारी भएपछि पुर्वअध्यक्ष श्रेष्ठ अमेरिका गएको बताइएको छ ।

ranechhap