काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिनको लागि आजबाट घरदैलो कार्यक्रम गर्ने भएको छ।
आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै आज साँझ जमलबाट घरदैलो कार्यक्रम सुरु गर्न लागेको बताए।
उनका अनुसार घरदैलो कार्यक्रम तीन दिनसम्म चल्नेछ। जमल हुँदै असन, इन्द्रचोक भोटाहिटी, वसन्तपुरलगायतका क्षेत्रमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम रहेको बताए।
घरदैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू सहभागी हुनेछन्। घरदैलो कार्यक्रममा शीर्ष नेताहरुले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्नेछन्।
उपत्यकावासी मात्रै नभई विभिन्न कारणले राजधानीमा आइ बसेका नागरिकलाई समेत १५ गतेको आन्दोलनमा सहभागी हुन आह्वान गरेको बताए। यो आन्दोलन राजावादीको मात्रै नभई अहिले भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति चाहन सबै नागरिकको भएको बताए।
१५ गते गणतन्त्रवादीहरुले राजतन्त्र अन्त्य भएको दिनको अवसरमा गणतन्त्र दिवस मनाउने तयारी गर्दै गर्दा राजावादीहरूले काउन्टर दिन व्यवस्था फालेर राजा फर्काउने लक्ष्यसहित आन्दोलन सुरु गर्दैछ।







































