काठमाडौं । सत्ता रुढ दलभित्रकै रस्साकसीबाट बल्लतल्त नेपाल राष्ट्र बैंकको १८ औं गर्भनर सरकारले नियुक्त गरेको छ । देशको अर्थतन्त्रको सही रुपरेखा कोर्ने मुख्य थलो तथा देशकै सरकारको मुख्य आर्थिक सल्लाहाकार समेत रहने गर्भनर सदाको झै यस पटक पनि विवाद रहित हुन सकेन ।
कारण सत्ताको आँड र शक्तीसंगै पदीय दुरुपयोग गरेर करोडौ रुपैयाँ अबैधरुपमा संकलन गर्ने गराउने भित्री उदेश्य लिएर दलगत बफादार कार्याकर्ता वा नेतालाई देशको जिम्मेवार संस्थाको जिम्मेवारी दिने प्रचलन नेपालमा पुरानै हो । त्यही प्रचलनबाट यस पटक पनि गर्भनर चयनमा पर जान सकेन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको टक्करकै कारण गर्भनर पद खाली भएको १ महिना १५ दिनपछि बल्ल नयाँ गर्भनरको नियुक्ती भयो त्यो पनि राजनीतिक दलको सकृय नेता अर्थात देउवा परिवारको विश्वासिलो पात्र प्राडा विश्व पौडेल । गर्भनरमा प्रधानमन्त्री ओली आफु निकट व्यक्तीलाई ल्यान चाहेको तर सत्ता सम्झौता गर्दा लगाएको भागबण्डामा गर्भनर पद काँग्रेको भागमा परेपछि ओलीको अडान अन्त्यमा टिक्न सकेन र कांग्रेस सभापति देउवाबीच दबाममा गर्भनरमा ५० वर्ष उमेर पुगेका पौडेलललाई नियुक्त गर्न बाध्य हुन परेको थियो । गर्भनरमा नियुक्त भएका डा. पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट गत २०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेवार समेत बनेका थिए । त्यस समय रास्वपाका हरि ढकालसँग पराजितमात्र बनेनन कि उनी जनताबाट समेत चुनिन सफल हुन नसकेका पौडेल अहिले कांग्रेसको कोटाबाट गर्भनर बन्न सफल भए ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि नेकपा एमालेका संगठीत सदस्य हुन । उनी एमालेको संगठीत सदस्यको सूचीमा एम अधिकारले चिनिने गरेका छन । उनी पनि योग्यता र अनुभबनले भन्दा पनि दलकै सिफारीसमा १७ औं गर्भनर बने र २०८१ चैत २५ गतेदेखि नै अवकाश भए । राजनीतिक दल र बिचौलियाहरुबाट चलखेल भएका कारण गर्भनर नियुक्तिको सिफारिसका लागि बनेको समितिले समेत समयमा नाम सिफारिस गर्न सकेन । अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहेको तीन सदस्यीय सिफारिस समितिले समेत एमालेकै कार्यकर्ता तथा नेतालाई गर्भनरको जिम्मा दिन चाहेका कारण समयमा नाम सिफारिस गर्न बैठकनै डाकेनन् । यसअघि गर्भनरको लाइनमा डेपुटी गभर्नर नीलम ढुंगाना, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डे, नेपाल सरकारका पूर्वमुख्यसचिव राजेन्द्र कुमार क्षेत्री र नविल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगानालाई समेत अगाडी सारियो । कतिलाई त भई रहेको पदबाट राजीनामा समेत गराएर गर्भनरको दौडको लाईनमा राखेर अन्त्यमा छोरालाई बुहारी माग्न गएको बाबुले केटी राम्रो देखेपछि आफैले विवहा गरे झै गर्भनरको दौडमा पौडेल भित्रिए । उनी सुरुमा गर्भनरको नाम सिफारिस गर्ने समितिको सदस्य थिए । यसैबीच, कांग्रेसले गभर्नर बनाउने भन्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई राजीनामा दिन लगाए । तर, भट्टलाई गर्भनर बन्नबाट एमालेले नै रोकेपति कांग्रेस सभापति देउवाले पौडेललाई अगाडी सारेर गर्भनरको जिम्मा लगाउन सफल भए ।
अर्कोतर्फ कार्यवाहक गर्भनर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेर प्रधानमन्त्री ओलीको बचन अनुसार आफै गर्भनर बन्न कम्बर कसेर बसेपनि उनलाई भने प्रधानमन्त्री ओलीले गर्भनर बनाउन भने सकेनन । ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेर देउवा परिवारको विश्वासिलो पात्र बन्न सफल भएका थिए । अहिले पनि पौडेलले सोही विद्यालयमा आफ्नी छोरीलाई पढाइरहेको र उनी आरजूको स्कुलको अभिभावक रहेका छन् । डा. पौडेल चितवन क्षेत्र नम्बर १ मा कांग्रेसबाट चुनाव लड्नुअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत रहेका थिए । उपाध्यक्षबाट राजीनामा दिएर उनी चुनाव लड्न गएका थिए । चुनाव जितेर अर्थमन्त्री बन्ने योजनामा रहेका पौडेल चुनाबमै तीन बल्ड्याङ खाएपनि चाहुरिएर बसेका थिए । जव गर्भनर खाली भयो अनी काँग्रेको भागमा सो पद परेपछि उनी फेरी सलवलाएर र अन्त्यमा गभर्नर बनेर छाडे । गर्भनर बन्न लागेका पौडेलको यसअघि सानीमा बैंकसँग पनि आवद्धता रहेको थियो । । उनी हाइड्रो कम्पनीसँग पनि जोडिएका थिए । डा. पौडेलले यसअघि मिडल तमोर जलविद्युत कम्पनी (७३ मेगावाट) को निर्देशक समितिको सदस्य थिए । त्यसैगरी उनले सानिमा बैंकको निर्देशक समितिको सदस्यका रूपमा समेत काम गरे ।
उनी कुनै दिन विवादीत चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले खोलेको नेपाली उद्योग परिसंघ (सीएनआई) को प्रमुख आर्थिक सल्लाहकार रुपमा बसेर देशबाट बारिह पैाि लैजान विनोद चौधरीलाई सहयोग गर्ने मध्य एक उनी पनि थिए । नेपालमा अर्थशास्त्रीसम्बन्धी केही भाष्य र भ्रमहरु रहेको छ । विदेशमा पढेर आएपछि उसले संसार बुझेको हुन्छ र देशको अर्थतन्त्र हाँक्न सक्छ भन्ने भाष्य बनाउने गरिएको पाइन्छ । यसै आधारमा आल रास्वपामा गएका पूर्वकांग्रेस नेता डा. स्वर्णिम वाग्ले र डा. विश्व पौडेललाई हेर्ने गरिएको छ । विगतमा देशलाई उदारीकरणतर्फ लैजाने डा. रामशरण महतलाई पनि त्यस्तै विद्वान ठान्ने गरिन्थ्यो । राष्ट्र बैंकको गभर्नर बनेका डा. पौडेलको काम राष्ट्रिय योजना आयोगमा परीक्षण भइसकेको छ । योजना आयोगमा रहेर पनि उनले सम्झना लायक कुनै काम गर्न सकेनन । अर्थात उनीमा कुनै भिजन नै छैन र भएको भिजनलाई समेत प्रयोग गर्न सक्ने क्षमता नभएको व्यक्तीको रुपमा चिनीने गरेका छन गर्भनर पौडेल । नेपाली कांग्रेस, खास गरी देउवा परिवारसँगको ‘लोयालिटी’का कारण भोलि सम्पत्ति शुद्धीकरण लगायतका विषयमा लिइनुपर्ने कडा नीतिमा डा. पौडेलले कुनै भूमिका खेल्न सक्ने आँट उनीसंग छैन । कारण उनी दलको आर्शिबाद लिएर गर्भनर बनेका हुन । समग्रमा देशको मौद्रिक नीति कस्तो हुने भन्ने विषयमा नै पौडेलको सफलता वा असफलता निर्भर रहने छ । उनी देउवा परिवारको कृपामा गर्भनर बने पनि देशको अर्थतन्त्रको विकासको मोडल भने दिन सक्ने हैशियत समेत राख्न नसक्ने उनी निकट अर्थविद्हरुले बताएका छन् । उनी दलको एस मेन भएर गर्भनरको तलबभत्ता र सुविधा खानेभन्दा अरु उपलव्धी देशले पाउने आसा नराख्नु नै उचित हुने अर्थविद्हरुको भनाई समेत रहेको छ ।







































