वि.सं.२०८३ वैशाख ११ शुक्रवार

रविन्द्र मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । सर्वोच्चका आदेश अनुसार आज उनलाई शशरीर उपस्थित गराइएको हो ।

मिश्रलाई काठमाडौं प्रहरी परिसरबाट हत्कडी लगाएर न्यायाधिवक्ताको कार्यालय पुर्‍याइएको थियो । त्यहाँबाट सर्वोच्च लैजादा हत्कडी खोलियो ।

न्यायाधीवक्ताको कार्यालयको पछाडिको गेटबाट निकालेर भित्री बाटोबाट उनलाई सर्वोच्च पुर्‍याइएको थियो । सर्वोच्चको गेटमा छिराउनु अघि हत्कडी फुकालिएको हो ।

ranechhap