वि.सं.२०८३ वैशाख ११ शुक्रवार

सरकारले भन्यो, ‘दुई चार दिनभित्र नयाँ गभर्नर पाउँछौं’

khanepani

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई चार दिनभित्र नयाँ गभर्नर पाउने दाबी गरेका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति गर्नको लागि सिफारिस समिति पुनर्गठन गरेको बताए।

गभर्नर नियुक्तिको लागि हामीले अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समितिमा विजयनाथ भट्टराईलाई नियुक्ति गरेका थियौं। उहाँले सिफारिस समितिबाट राजीनामा दिनुभयो। त्यो डिफल्ट भयो। त्यसपछि फेरि हामीले महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौं।

उहाँलाई थपेपछि डा.विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो। समितिका सबै सदस्यहरुले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि फेरि पुनर्गठन गरेका छौं। मन्त्रीज्यूको संयोजकत्वमा महाप्रसाद अधिकार सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको समिति गठन भएको छ। अब चाहिँ तलमाथि नभइ दुई चार दिनभित्र हामीले नयाँ गभर्नर पाउँछौं भन्ने आशा लिएका छौं।’

ranechhap