वि.सं.२०८३ वैशाख १० बिहीवार

सुदूरपश्चिम प्रदेश सभाको बैठक आउँदो जेठ ११ गते बस्ने

khanepani

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको बैठक आउँदो जेठ ११ गते बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय लिएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको जानकारी दिँदै जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गरिएको जानकारी दिए। उनले भने, मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी बैठक जेठ ११ गते बस्नेछ।

नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ।

ranechhap