वि.सं.२०८२ कात्तिक २२ शनिवार

गभर्नर सिफारिस समिति विघटन, पौडेलको ठाउँमा पाण्डे नियुक्त (भिडियो सहित)

khanepani

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति विघटन भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति विघटन भएको हो ।

यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए ।

पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । त्यसैगरि सचिवमा शोभकार पौडेल बढुवा भएका छन भने, सत्यनिरुपण तथा मेलमिलाप आयोग समेत गठन भएको छ ।