वि.सं.२०८३ वैशाख १९ शनिवार

नेपाली बजारमा एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap