वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कार्यकारी निर्देशकको राजीनामा स्वीकृत नगर्ने कामु गभर्नर ढुंगानाको अडान

khanepani

काठमाडौ । काठमाडौ नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम तिम्सिना ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग मंगलबारको भेटमा उनले यस्तो बताएको संघका एक अधिकारीले बताए।

‘कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ। मैले स्वीकृत गर्न मिल्दैन भन्नुभयो,’ ढुंगानालाई उदृत गर्दै संघका एक पदाधिकारीले भने।

वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशकबाट डा. गुणााकर भट्टले बुझाएको राजीनामा ढुंगानाले अझै स्वीकृत गरेकी छैनन्।

भट्टले राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार एक महिनाको अवधि राखेर राजिनामा बुझाएका थिए। तत्काल लागू हुने गरी राजीनामा बुझाउने हो भने एक महिनाको तलब जम्मा राष्ट्र बैंकमा बुझाएर मात्रै राजीनामा गर्न पाइने व्यवस्था अनुसार नै उनले राजीनामा बुझाएको ती अधिकारीले बताए।

संघले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐन अनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गर्नु पर्नेमा रिक्त भएको एक महिनासम्म नयाँ गभर्नर नियुक्त नहुनु लज्जास्पद भएको बताएको छ।

वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।

ranechhap