वि.सं.२०८३ वैशाख १८ शुक्रवार

पहाडी भूभागहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना

khanepani

काठमाडौं । हाल देशमा वर्षा गराउने विभिन्न प्रणाली सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले देशको मौसमी प्रणालीमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका अतिरिक्त बंगालको खाडी र अरब सागरबाटसमेत आइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ।

जसका कारण बिहीबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनच/ट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

ranechhap