वि.सं.२०८३ वैशाख १७ बिहीवार

शिक्षा अधिकृत ओझाको निधनमा लेकम गाउँपालिकामा शोक बिदा

khanepani

धनगढी । दार्चुलाको लेकम गाउँपालिका–४ का स्थानीय तथा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज ओझाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि मङ्गलबार गाउँपालिकामा शोक बिदा दिइएको छ।

गएको सोमबार शैक्षिक कार्यक्रम सम्पन्न गरी चौपाता लेक्म–५ बाट घर फर्किँदै गर्दा गोदाली सोही पालिकाको वडा नम्बर चारमा माथिबाट खसेको ढुंगाले पिठ्युमा लागेको कारण गम्भीर घाइते भएका ओझालाई तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर, अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

शिक्षा अधिकृत ओझाको असामयिक निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा गहिरो क्षति पुगेको बताइएको छ। ओझाको निधनप्रति श्रद्धाञ्जली स्वरूप गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूमा मङ्गलबार शोक बिदा घोषणा गरिएको छ।

ranechhap