वि.सं.२०८३ वैशाख १७ बिहीवार

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ

khanepani

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खेमराज सेढाईं नाम गरेको व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी विश्व अधिकारीले बताए ।

उनलाई सुकेधाराबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सोमबार सुकेधारास्थित एक पार्टी प्यालेसमा भएको नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको छलफलमा समेत सोमबार रहेका थिए ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।

उक्त छलफल सकिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

१५ चैतमा भएको राजावादी प्रदर्शनमा प्रहरीले थुप्रैलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

ranechhap