वि.सं.२०८३ वैशाख २० आइतवार

बोर्डिङमा नेपाली बोले जरिवाना गर्ने गरेको गुनासोपछि महानगरको यस्तो निर्देशन

khanepani

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

महानगरले विज्ञप्ति जारी गर्दै बोर्डिङमा नेपाली भाषा बोले जरिवाना तिर्नुपर्ने गुनासो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।

महानगरका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले जारी गरेको विज्ञप्तिमा कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी नेपाली भाषा बन्देज गर्ने कार्य तत्काल बन्द गर्न भनिएको छ ।

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

केही निजी विद्यालयहरुले अंग्रेजी भाषालाई प्राथमिकतामा राखेर विद्यालय समयभरी नै अंग्रेजी बोल्न बाध्य पार्न गरेको भन्दै गुनासो आउने गरेको महानगरले जनाएको छ ।

ranechhap