वि.सं.२०८३ वैशाख १९ शनिवार

कुलमानलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले मन्त्री निष्काशन गर्नुभयो : प्रचण्ड

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई निष्काशित गरेको बताएका छन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाइ छोड्नु भयो । कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई पनि निष्काशित गर्नुभयो,’ उनले भने ।

प्रचण्डले बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई विद्युत प्राधिकरणको नेतृत्वबाट हटाएको बताए ।

‘अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई हटाउनु भयो,’ उनले भने, ‘तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता पलाएन ।’

ranechhap