वि.सं.२०८३ वैशाख १९ शनिवार

ज्ञानेन्द्र शाहीको चेतावनी- सरकार हुने बित्तिकै गोली हान्न पाउने भए भोलि हाम्रो पनि दिन आउँछ

khanepani

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तीनकुने घटनामा सरकारबाट गम्भीर मानवअधिकारको उल्लङ्घन भएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई म्याद थप्दै ४० दिनदेखि थुनामा राखेकोप्रति आपत्ति जनाए।

उनले भने, ‘राज्य आतङ्क धेरै भइरहेको छ। ४० दिनदेखि रवीन्द्र मिश्रलगायतका साथीहरू थुनामा छन्। तीनकुने घटनामा विभिन्न मानवअधिकार सङ्गठनहरूले सरकारबाट मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको पुष्टि गरिसकेको छ। तर राज्यले थुनिराखेको छ। पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउनेले दिनदहाडै गोली हानेर सविन महर्जनलाई मारेको घटनामा किन न्यायिक छानबिन समिति बनाउँदैनौ। न्यायिक छानबिन समिति आवश्यक छ।’

उनले सरकारमा हुने बित्तिकै गोली हान्न पाउने अधिकार दिएको हो भने भोलि एक पटक आफूहरू पनि सत्तामा बस्ने दिन आउने तर्फ सचेत गराए।

ranechhap