वि.सं.२०८३ वैशाख १६ बुधवार

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने

khanepani

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको वर्षे तथा चौथो अधिवेशन वैशाख २८ गतेका लागि बोलाइएको छ।

आइतबार साँझ बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो।

उक्त अधिवेशन बजेट अधिवेशनको रूपमा रहनेछ। यस अधिवेशनमार्फत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ। संविधानअनुसार प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ।

त्यस अघि नीति तथा कार्यक्रम सार्वजनिक गरिनुपर्ने हुन्छ।

त्यसै गरी, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका सचिव लक्ष्मी कुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

ranechhap