वि.सं.२०८३ असार १५ सोमवार

रवि लामिछानेलाई भेटेपछि हृदयश त्रिपाठीले भने, ‘उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’

khanepani

काठमाडौं । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए ।

त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि प्रतिशोधका शिकार भएको बताएका छन् ।

‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन्। ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीँ- चेतना भया ।’

त्रिपाठीको यो स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले धन्यवाद दिएका छन् ।

ranechhap