काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, मेलम्ची २ काठमाडौं उपत्यकामा खानेपानी लाइन विस्तार, धारा जडान र पाइप खरिद लगायतका कामको ठेक्का आब्ह्रानको सूचना प्रकाशित गर्दा समेत भ्रष्टाचार हुने गरेको समाचार प्राप्त भएको छ ।
भ्रष्टाचारमा लिप्त लेखाका उपसचिव गणेश चालिसे र लेखा अधिकृत ओम अधिकारीले भुक्तानीमा १५,२०,२५,४०, र ५० प्रतिशतसम्म काम र अवस्था हेरी कमिशन लिने गरेको ठेकेदार कम्पनीका प्रतिनिधिहरुको गुनासो रहेको छ ।
उनीहरुले प्रक्रिया पुगेर भुक्तानीको लागि लेखामा पुगेको वील र्घरामा हाल्ने र कुरा मिलेपछि ५ मिनेट भित्र भुक्तानी दिने गरेको गुनासाहरु पिआईडी परिसर र खानेपानी मन्त्रालयमा व्यापक चर्चा हुने गरेको छ ।
चालिसे अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विगतमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ बर्ष निलम्बनमा परेका उपसचिव हुन । उनलाई विषेश अदालतले सफाइ दिएपछि पुनः सरकारी जागिरमा जोडिएका हुन । यद्यपि उनको मुद्धा माथिल्लो अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
उनी कमिशन नपाएसम्म १० हजारको वीलको भुक्तानी समेत दिर्दैनन । उनले खरिद शाखा र प्रशासन शाखाले गर्ने काममा पनि हस्तक्षेप गरेर झगडा गर्ने गरेको थाहा भएको छ ।
यतिखेर आयोजनामा ठुला ठेक्का, मन्त्री, प्रधानमन्त्री र चालिसेको स्वार्थका बाहेकाका भुक्तानी हुनु पर्ने वीलहरु दराजमा चाङ लगाएर राखिएको छ । चालिसे विना कमिशनको केहि काम पनि नगर्ने भएका कारण आयोजनाका कतिपय ठुला ठेक्काहरु समेत प्रभावित हुने गरेको छन ।
चालिसेले अब केहि दिन भित्र हुने एशियाली विकास बैकको श्रmृण अनुदानको रकमबाट हुन लागेको टेण्डरको सूचना आफुले भनेको एड एजेन्सीलाई दिनु पर्ने अड्डी लिएको समाचार छ । उनले यस बापत एड एजेन्सीसँग ७० प्रतिशत कमिशन लिने गरि सहमति गरिसकेको पनि समाचार स्रोतले दावी गरेको छ ।
ठेक्काको सूचना कस्लाई दिने भन्ने कुरा खरिद शाखा र प्रशासन शाखाले निर्णय गर्ने विषय हो । काम सम्पन्न भएपछि भुक्तानी दिने काम लेखा शाखाको हुने कानूनी प्रावधानलाई समेत चालिसेले ठाडो चुनौती दिने गरेका छन । चालिसे र अधिकारीले आफुले ठेक्काको सूचना दिन नपाए भुक्तानी समेत रोकिदिने धम्की दिएपछि आयोजना प्रमुख टिका प्रसाद चौधरी पछाडि हटेका हुन ।
चालिसेले महालेखा नियन्त्रक गणेश प्रसाद पाण्डेय र अख्तियारका अधिकारीहरुको नाम जोडेर ठेकेदार र सेवा प्रदायकसँग मोटो रकम कमिशन लिने गरेको नाम उल्लेख नगर्ने शर्तमा स्रोतले बताएको छ ।
ठिमि, पेप्सीकोला,जोरपार्टी, कृर्तिपुर र ललितपुरको नयाँ पाइप लाइनको ठेक्काको सूचना केहि दिनमा निस्कन लागेको छ । यो करिव ११ अर्ब जतिको रहेको सूचना स्रोतले दावी गरेको छ । यसको टेण्डरको सूचना चालिसे र अधिकारीले लिएको पनि पिआइडिको उच्च स्रोतले दावी गरेको छ ।
अघिल्लो बर्ष फोहोर पानी प्रशोधन केन्द्रको ठेक्का भारतीय कम्पनी भाटीलाई परेको थियो । बालकुमारी, सुन्दरीघाट र भक्तपुर सल्लाघारीमा ठेकेदारले काम शुरु नै गर्न सकेको छैन । उक्त ठेकेदार कम्पनीले मुल्याकन कमिटीलाई दिनु पर्ने सिंग्नेचार मनि (ठेक्का सम्झौता हस्ताक्षर) बापतको १.५ प्रतिशत मन्त्रीले सिधै बुझेको आरोप लागेको छ ।
मन्त्री प्रदिप यादवले उक्त रकम ठेकेदार कम्पनीलाई मन्त्रालयमा बोलाएर दोस्रो किस्ता भुक्तानीमा दवाव दिएर कमिशन बापतको रकम बुझेका थिए । यो रकम भुक्तानी चालिसे र अधिकारीले गरेका हुन । उनीहरुले पनि ५० लाख कमिशन पाएको खानेपानी मन्त्रीको तत्कालीन सचिवायलले बताएको हो ।
मन्त्री र कर्मचारीले मात्र कमिशन लिएका,े आफुहरु दर्शक हुन नसक्ने भन्र्दै मन्त्रीको सचिवालयका कर्मचारीहरुले विदा लिएका थिए ।
अधिकृत ओम अधिकारी पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखामा लेखा अधिकृत रहदाँ नक्कली वील बनाएर आफैले भुक्तानी लिएको विषयमा विवाद भएपछि आयोजनामा सरुवा भएका कर्मचारी हुन ।
पिआईडी दोहनमा चालिसे र अधिकारीको केमेस्टीक मिलेको सरोकारवालाहरुको तर्क रहेको छ ।









































