वि.सं.२०८३ असार ७ आइतवार

प्रचण्डको गुनासो, माओवादीलाई अरूकाे खुट्टामा नटेकी उभिन नसक्ने भयो भनेर अपमानित गरियो

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई अरू कसैको खुट्टामा नटेकी उभिनै नसक्ने भयो भनेर अपमानित गरिएको गुनासो गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी सकियो भन्नेहरूलाई स्थानीय तहको उपनिर्वाचन र स्ववियु निर्वाचनले जवाफ दिइसकेको दाबी गरे।

उनले भने, ‘हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भनेर आरोपित र अपमानित गर्न खोजियो। तर तपाईँ हामीले देख्यौँ जब अरू कसैसँग नमिल्ने आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने एक्लै अगाडि बढ्ने भन्यौँ। स्थानीय तहको उपनिर्वाचनमा बनिसक्यौँ हामी। स्ववियु निर्वाचनमा पनि कांग्रेस एमाले मिल्दा पनि हामीले धेरै ठाउँमा जितेका छौँ। ऐतिहासिक रेकर्ड बनेका छन्। अब हामीले यो आत्मविश्वासको साथ काम गर्‍यौँ भने छिट्टै अहिले देखिएका सबै समस्याहरू समाधान गर्न सकिन्छ।’

उनले अब नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको बताए।

ranechhap