वि.सं.२०८३ असार १ सोमवार

नेपाली बजारमा एकैदिन प्रतितोला ४६ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap