वि.सं.२०८३ वैशाख ११ शुक्रवार

एमाले उपाध्यक्ष अष्टलक्ष्मीको प्रश्न– सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले राजीनामा दिनुपरेको हो?

khanepani

काठमाडौ । काठमाडौ नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो भनेर प्रश्न गरेकी छन्।

एमाले सांसद भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पार्टीभित्र विभिन्न प्रश्न उठिराखेको छ। उनलाई पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै असहयोग भएको पनि एमाले नेताहरूले टिपप्णी गरेका छन्।

यसै सन्दर्भमा उपाध्यक्ष शाक्यले शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री भट्टराईले राजीनामा किन दिनुपर्‍यो भनेर प्रश्न गरेकी हुन्।

‘विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको, एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन?,’ उनले प्रश्न गरेकी छन्। भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ।

‘विद्या! तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जालमा भनेकी छन्।

ranechhap