वि.सं.२०८३ वैशाख १७ बिहीवार

नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान, अब एक तोला किन्न कति रकम चाहिन्छ?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

यस्तै, आइतबार भने सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबारको तुलनामा सोमबार भने सुन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।

यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap