वि.सं.२०८३ वैशाख १८ शुक्रवार

ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ

khanepani

काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए ।

ranechhap