वि.सं.२०८३ जेठ ३ आइतवार

दलको कार्यालयअघि प्रहरी तैनाथ गरेपछि लिङ्देनको टिप्पणी- सिंहदरबारबाट गरेको प्रर्दशन सरकारले सुन्नुपर्छ

khanepani

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको आरोप लगाएका छन्।

सिंहरबारस्थित संसदीय दलमा प्रहरी तैनाथ गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनताबाट सरकार झ्नझ्न टाढा हुँदै गएको बताए।

उनले भने, ‘जनताबाट सरकार टाढा हुँदैछ। त्यसैले हामीले सरकारको नजिकै गएर प्रदर्शन गरेर आज सुनाउँन खोजेका छौं।’
उनले सिंहदरबारबाट गरेको प्रदर्शन सरकारले सुन्नैपर्ने बताए। उनले भने, ‘यो प्रदर्शन देश दुनियाँले सुन्छ, नागरिक अधिकारवादीहरुले सुन्छ।’

उनले दलको कार्यालय अगाडि अस्वभाविक रुपमा प्रहरी तैनाथ गरेको टिप्पणी गरे।

ranechhap