वि.सं.२०८३ जेठ ३ आइतवार

नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ स्थिर छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर छ।

शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap