वि.सं.२०८३ जेठ २ शनिवार

अमेरिका निवासी अर्थराज कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा नेपालको सुनसरीबाट पक्राउ

khanepani

विराटनगर । बाल यौन दुर्व्यवहार आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र वडानम्बर ७ बाट एकजनालाई पक्राउ गरेको छ ।
स्थानीय ११ वर्षिया नावालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय अर्थराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

नावालिकाको परिवारका सदस्यको किटानी जाहेरीका आधारमा कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कोइरालालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ ।

उनी केहिसमय अघि मात्रै नेपाल आएका हुन् । ५५ वर्षीय कोइराला अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

उनले बाल यौन दुर्व्यवहारको आरोपमा सोधपुछका लागि कोइरालालाई नियन्त्रणमा लिइएको बताए । उनले भने,’ पीडित भनिएका परिवारबाट उजुरी परेकाले नियन्त्रणमा लिइएको हो । म्याद थप भएपछि सवै कुरा सार्वजनिक हुन्छ । अहिले केही भन्न सक्ने अवस्था छैन । उनी अमेरिकामा बसेर ड्यासफोरा राजनीतिमा समेत संलग्न छन् ।’

ranechhap