वि.सं.२०८३ जेठ ३१ आइतवार

प्रधानमन्त्रीले ३/४ दिनमा एकपटक मेरो सरकार ठिक छ भन्नुपर्ने अवस्था छ: गगन थापा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन्। बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै चुनाव अघि होस् वा पछि दुवै गठबन्धन नफापेको उनको बुझाइ छ।

अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिती रहेको बताए। उनले यस्तो परिस्थितीको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए।

त्यसबारे उनको भनाइ,

हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितीको निर्माण हामीले गर्नुपर्नेछ। हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरुसँग पनि छलफल चलाउनुपर्नेछ। ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन।

यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौं। अहिले एमालेसँग सरकारमा छौं। एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एक अर्कासँग मारामार छ। हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन। भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन। तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको।

प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहिँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ। जति बलियो भएपनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ। त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन।

ranechhap