वि.सं.२०८३ वैशाख १९ शनिवार

मुख्य मन्त्रीले गरे वाग्मती प्रदेशको सरकार विस्तार

khanepani

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

पौडेलले नेकपा (एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं समक्ष पद तथा गोपनीयताको शपथ लिए।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएका थिए।

नवनियुक्त मन्त्रीले आज अपराह्न आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ।

यसैगरी राज्यमन्त्री डा. रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका छन्।

ranechhap