वि.सं.२०८३ जेठ १७ आइतवार

सहकारी, लघुवित्त, बैंक र मिटरब्याज पीडितहरूको आज पनि सडकमा विरोध

khanepani

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍याली गर्दै सरकार र राजनीतिक दलहरूको विरोधमा नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘वित्तीय शोषण अन्त्य गर, वित्तीय माफियालाई संरक्षण गर्ने राजनीतिक दल मुर्दाबाद, पीडितहरूको बचत अपचलन गर्ने विश्वासघातीको सम्पत्ति जफत गर, सहकारीको प्रभावकारी अनुगमन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरूका अनुसार, करिब २ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको सहकारी घोटालामा संलग्न व्यक्तिहरू राजनीतिक संरक्षणमा खुला हिंडिरहेका छन् ।

उनीहरूले सहकारी प्रणालीमा संलग्न ठगी र संगठित अपराधमा लिप्तहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

यस अघि सोमबार पनि उनीहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म प्रदर्शन गरेका थिए ।

ranechhap