वि.सं.२०८३ जेठ १७ आइतवार

शिक्षक आन्दोलनप्रति समर्थन जनाउँदै तीन स्थानीय तहद्वारा मन्त्रालयलाई पत्र

khanepani

डोटी । विभिन्न मागहरू राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै डोटीका तीन स्थानीय तहहरूले संघीय शिक्षा मन्त्रालयलाई पत्राचार गरेका छन् । जिल्लाका बोगटान फुड्सिल, सयल र पूर्वीचौकी गाउँपालिकाले मन्त्रालयलाई पत्राचार गरेका हुन् ।

गत २२ गते बोगटान फुड्सिल गाउँपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई पत्र पठाउँदै गाउँपालिकाले शिक्षकहरूको आन्दोलनमा समर्थन रहेकोले जनाएको छ । पत्रमा विद्यालयका शिक्षक/कर्मचारीहरूका “जायज” मागहरू सम्बोधन गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाद्वारा हस्ताक्षरित पत्रमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई छिटो काममा फर्कने वातावरण मिलाइदिन समेत अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, ‘चैत २० गतेबाट सुरु भएको शिक्षकहरूको आन्दोलनबाट विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक सत्र–२०८२ को भर्ना अभियान तोकिएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूमा समर्थने रहेको ब्यहोरा जनाउँदै यथोचित मागहरू सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध छ ।’

यस्तै, सोही दिन सायल गाउँपालिकाले पनि संघीय शिक्षा मन्त्रालयलाई पत्र पठाएको छ । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले हस्ताक्षर गरेको पत्रमा शिक्षक कर्मचारीहरूका जायज मागहरूलाई समर्थन गरिएको छ ।

पत्रमा शिक्षकहरूका जायज मागहरू यथाशीघ्र सम्बोधन गर्दै उनीहरूलाई छिटो काममा फर्किने वातावरण बनाइदिन आग्रह गरिएको छ । शिक्षकहरू आन्दोलनमा भएका कारण २०८२ विद्यार्थी भर्ना अभियान प्रभावित हुने चिन्ता पत्रमार्फत गरिएको छ ।

सोही दिन सायल गाउँपालिकाले पनि सोही व्यहोराको पत्र मन्त्रालयलाई पठाएको छ । गाउँपालिकाले पठाएको पत्रमा शिक्षक कर्मचारीहरूका जायज मागहरूमा पूर्ण समर्थन रहेको उल्लेख छ । गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीद्वारा हस्ताक्षरित पत्रमा शिक्षकहरूलाई छिटो काममा फर्किने वातावरण बनाइदिन आग्रह गरिएको छ ।

विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ भएको भन्दै शिक्षकहरूले आन्दोलन थालेका छन् । शिक्षा विधेयकमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ ।

ranechhap