वि.सं.२०८३ वैशाख १८ शुक्रवार

गाडी रिजर्भको भाडा नदिएको भन्दै जीपका ड्राइभरले कुटे प्रशासकीय अधिकृत

khanepani

बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको छ । बिहीबार छबिसपाथिभेरा गाउँपालिका–२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर यादवमाथि आक्रमण गरेका थिए।

यादव हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका थिए । कुटपिटबाट यादवलाई चोटपटक लागेको छ । उनको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

जीप चालक ऐडी छविसपाथिभेरा गाउँपालिकाका खेलकुद समिति सदस्य पनि हुन् । उनले पालिकाले आफ्नो जीप प्रयोग गरी भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको बताइएको छ ।

घटनापछि ऐडी फरार छन् र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षण सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले बताए।

प्रयोग गरिएको जीपको भाडाको बजेट अभावले रोकिएको र रकमान्तर गरेर भुक्तानी गरिने पालिकाले जनाएको छ ।

जीप चालक ऐडी छविसपाथिभेरा गाउँपालिकाकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका गगन ऐडीका भतिजा पनि हुन् ।

केहि समय अगाडि मात्रै मन्त्रालयले सिनियरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने भनेर परिपत्र गरेपछि गगन हटेर सन्जय आएका थिए ।

ranechhap