वि.सं.२०८३ वैशाख १७ बिहीवार

भिजा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल नियमन गर्दै अमेरिकी सरकार

khanepani

एजेन्सी । एकपछि अर्को आप्रवासन नीतिमा कडाइ गरेको अमेरिकाले अमेरिकामा पढ्न जाने विदेशी विद्यार्थीहरूको सामाजिक सञ्जाल नियमन गर्ने भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओलले विद्यार्थीहरूको भिजा आवेदन गर्नेहरूको सामाजिक सञ्जाल नियमन गर्न निर्देशन दिएका छन् ।

उनले अमेरिकामा विदेशमा हुने कूटनीतिज्ञहरूलाई यस्तो आदेश दिएका हुन् । बङ्गलादेशको अखबार ढाका ट्रिब्युनले अमेरिकी अखबार न्यू योर्क टाइम्सको समाचार साभार गरेर बनाएको सामाग्री अनुसार गत मार्च २५ मा रुबिओले निर्देशन दिएका थिए ।

अमेरिकाले अमेरिकामा विद्यार्थी आन्दोलन गरेका र अमेरिकाप्रति आलोचनात्मक धारणा बनाएकाहरूलाई धमाधम डिपोर्ट गर्ने निर्णय सार्वजनिक गरेको अर्को हप्ता यस्तो समाचार आएको हो ।

ranechhap