वि.सं.२०८३ वैशाख २१ सोमवार

वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिने

khanepani

काठमाडौं । वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिने भएको छ ।

केही दिन अघि पक्षघातका कारण अस्पताल भर्ना भएका कोइरालाको आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर आज बिहान ११ बजे श्रद्धञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनीबाहेक कोइराला परिवारका अन्य व्यक्त वामपन्थी राजनीतिमा छैनन् ।

ranechhap