वि.सं.२०८३ वैशाख २२ मंगलवार

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा १५ मिनेट स्थगित, संसद भवन प्रवेशमा कडा

khanepani

काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएन ।

प्रतिनिधि सभा प्रवेशमा समेत कडाइ गरिएको छ । पत्रकारको समेत नाम टिपेरमात्र मिडिया कक्षमा प्रवेश दिइएको संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले बताएका छन् ।

पूर्वअध्यक्ष नारायण काफ्लेका अनुसार संसद भवनको मूल गेटदेखि ग्यालरीसम्म तीनपुस्ते भर्ने व्यवस्था फेरि प्रचलनमा ल्याइएको छ ।

ranechhap