वि.सं.२०८३ वैशाख ३१ बिहीवार

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले गरे संसदमा अवरोध

khanepani

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए ।

सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए । स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ ।

एउटा कुशल व्यवस्थापकलाई राम्रो हुन्छ भनेर सन्देश दिनुपर्नेमा सरकारले गलत सन्देश जाने गरी काम गरिरहेको बताए ।

ऊर्जामन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारत सरकारलाई दिनुपर्ने लगायतका अभिव्यक्ति दिएको बस्नेतले विरोध गरे ।

ranechhap