काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् ।
उनले गोरखाको गोरखकाली मन्दिर र मनकामना मन्दिरमा पूजा आजा गर्ने कार्यक्रम छ ।
भ्रमणको विस्तृत विवरण खुलाइएको छैन । स्रोतका अनुसार यो भ्रमणको चाँजोपाँजो संस्कृतिविद् डा. जगमान गुरुङले मिलाएका हुन् ।
गोरखामा पूर्वराजालाई भव्य स्वागतको तयारी उनले गरिरहेका छन् ।






































